Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक

गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक

images

इच्छाकामना न्युज

२३, आषाढ २०८२
गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक
images

गोरखा । गोरखाकी स्मृति गुरुङले हालै श्रीलंकामा सम्पन्न भएको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा कास्य पदक जितेकी छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइटतर्फ कास्य पदक जितेकी हुन् ।

सहिदलखन गाउँपालिका–६ की उनी गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि भएको कराँते महासंघ गोरखाका प्रशिक्षक बुद्ध लामाले बताए । लामाका अनुसार स्मृतिले गोरखामै प्रशिक्षण लिएको र यसअघि जिल्ला र प्रदेशसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागीता जनाइसकेकी छन् ।

खेलमा सहभागी हुन श्रीलंका जानका लागि कराँते महासंघ गोरखाले उनलाई आर्थिक सहयोग गरेको थियो । बिभिन्न संघसंस्था तथा व्यक्तिबाट एक लाखभन्दा बढी रकम संकलन गरेर उनलाई हस्तान्तरण गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १५:११:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology