Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पूर्व अध्यक्ष आचार्यलाई व्यास पराशर पत्रकारिता पुरस्कार

पूर्व अध्यक्ष आचार्यलाई व्यास पराशर पत्रकारिता पुरस्कार

images

इच्छाकामना न्युज

२५, आषाढ २०८२
पूर्व अध्यक्ष आचार्यलाई व्यास पराशर पत्रकारिता पुरस्कार
images

दमौली, २५ असार । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा स्थापित टिकामाया ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको उक्त पुरस्कार पूर्व अध्यक्ष आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो ।

व्यास जयन्तीको अवसर पारेर घोषणा गरिएको यस पुरस्कार शाखाको साधारणसभाको अवसर पारेर प्रदान गरिने सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो । मादीसेती प्रवाह दैनिकका सम्पादक रहनुभएका आचार्य विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सञ्चारमाध्यमको तर्फबाट व्यास पराशर क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धनमा टेवा पु¥याए बापत आचार्यलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारको राशी रु दश हजार रहेको छ ।

व्यास नगरपालिका–४ निवासी भाग्यशाली ढुङ्गाना र विष्णुमाया ढुङ्गानाले शाखामा रु एक लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने व्याजबाट शाखाले प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको भवनका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु दश लाख बजेट विनियोजन गर्ने निर्णय गरेकाले प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष एवं केन्द्रीय समितिका सचिव सोनी शर्माका ममतामयी माता डम्बरकुमारी पन्थको असामयिक निधन भएको दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय भएको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - १५:२९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology