Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लार्केपास क्षेत्रमा १६ वटा मार्किङ पोल थपियो

लार्केपास क्षेत्रमा १६ वटा मार्किङ पोल थपियो

images

इच्छाकामना न्युज

३२, आषाढ २०८२
लार्केपास क्षेत्रमा १६ वटा मार्किङ पोल थपियो
images

गोरखा । लार्केपास गर्ने पर्यटकलाई लक्षित गरी मनास्लु पदमार्गअन्तर्गत साम्दोदेखि लार्के टपसम्म यस वर्ष १६  वटा संकेत पोल(मार्किङ पोल) थप गरिएको छ । हिउँदको समयमा हिमपातले पैदलमार्ग ढाक्दा बाटो पहिल्याउन सजिलोका लागि मार्किङ पोल थप गरिएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का प्रमुख सन्तोष सेरचनले बताए । 

यसअघि लार्केपास क्षेत्रमा १०८ वटा मार्किङ पोल रहेको थियो । यस वर्ष लार्के बजारदेखि लार्के टपसम्मको क्षेत्रमा मात्र मार्किङ पोल थप भएको उनले बताए । ‘यसअघिको मार्किङ पोल पातलो भएको क्षेत्रमा थप गरेका हौँ,’ उनले भने,‘हिउँ पर्ने सिजनमा हिउँले बाटो ढाक्दा पर्यटकले बाटो बिराउने सम्भावना रहन्छ, संकेत पोल भएपछि बाटो पहिल्याउँदै अघि बढ्न सहजताका लागि यस वर्ष थप गरेका हौँ ।’

लार्केपास जाने पर्यटकलाई तथा यात्रीहरूलाई सही दिसा पहिचानका लागि मार्किङ पोल सहयोगी बन्ने उनले बताए । ‘हिउँ कति जम्यो पोलको अवस्थितिले पनि थाहा दिने भयो, यसो हुँदा जोखिमको अवस्था पनि बुझिन्छ,’ उनले भने । मार्किङ पोलको सहायताले हिमपात हुँदा गन्तव्यमा पुग्न पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै एमक्यापले यस वर्ष मनास्लु क्षेत्रमा ३५ वटा साइनपोस्ट पनि थप गरेको छ । चुमनुव्री गाउँपालिकाअन्तर्गतको चुम उपत्यका, नुब्री उपत्यकामा साइनपोस्ट राखिएको हो । त्यस्तै पहिलो पटक गुम्लालुङदा र गणेश हिमाल आधार शिविरमा पनि साइनपोस्ट राखिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - १९:१५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology