तनहुँ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा देशभर चलिरहेको हस्ताक्षर सङ्कलन अभियानमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा भएको छ। हालसम्म गण्डकीमा २ लाख ७५ हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन्।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै हस्ताक्षर सङ्कलन हुने जिल्ला कास्की र नवलपुर रहेका छन् भने त्यसपछि तनहुँ तेस्रो स्थानमा परेको रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले जानकारी दिए। उनका अनुसार तनहुँमा हालसम्म करिब २६ हजार हस्ताक्षर संकलन भइसकेका छन्।
रास्वपा तनहुँका जिल्ला प्रवक्ता तथा हस्ताक्षर अभियान संयोजक अनिल श्रेष्ठका अनुसार सबैभन्दा धेरै कास्की र नवलपुर रहेका छन् भने त्यसपछि तेस्रोमा तनहुँ रहेको छ । देशभरि २० लाख भन्दा बढी हस्ताक्षर हुँदा तनहुँमा अहिलेसम्म २६ हजार हस्ताक्षर भएको बास्तोलाले जानकारी दिए ।
जिल्लामा हालसम्म देवघाटमा १५ सय , आवुखैरेनीमा ३८ सय , बन्दिपुरमा १३ सय ५० , भानुमा ३५ सय , व्यासमा ६२ सय , म्याग्देमा १७ सय , शुक्लागण्डकीमा ६१ सय ५० , भिमादमा १५ सय , घिरिङमा ५५ र ऋषिङ्गमा ६५ जनाले हस्ताक्षर गरेको पार्टीका जिल्ला प्रवक्ता एवम् अभियानका संयाेजक अनिल श्रेष्ठले बताए । हस्ताक्षरका सबै फारमहरू हरेक दिन सङ्कलन गरेर अद्यावधिक गर्ने गरिएको भन्दै श्रेष्ठले अभियान जारी रहेको जानकारी दिए ।
हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिन लम्ब्याउने रास्वपाले लक्ष्य राखेको छ।