Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङ कारागारको गेट (प्रवेशद्वार) भत्कियो

लमजुङ कारागारको गेट (प्रवेशद्वार) भत्कियो

images

इच्छाकामना न्युज

१, श्रावण २०८२
लमजुङ कारागारको गेट (प्रवेशद्वार) भत्कियो
images

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएको छ । कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एकमात्र गेट भत्किएको हो ।

कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार पानी परिरहेको बेला बुधबार अपराहन् पौने ५ बजेतिर पर्खालसहित गेट भत्किएको हो । उनका अनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ ।

१० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार जीर्ण पर्खाल भीषण पानी पर्दा भत्किएको हो । उनले भवन जीर्ण भएको र पर्खालहरुमा समस्या देखिएको बताए । विगतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो । 'कारागार जीर्ण छ । भवन बनाउने प्रयास भैरहेको छ,' उनले भने ।

पर्खाल भत्किएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको प्रशासनले जनाएको छ । नेपाली सेना पनि कारागार सुरक्षार्थ परिचालनका लागि समन्वय भैरहेको प्रशासनले जनाएको छ ।

विस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको बेलामा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्ण रुपमा मर्मत सम्भार हुन सकेको छैन ।

images
प्रकाशित मिति :श्रावण १, २०८२ बिहिवार - ०९:५३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology