Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकीमा तमू भाषालाई कामकाजको भाषा लागू गरेको खुशीयालीमा दीप प्रज्वलन गर्दै प्ये ल्हु संघ चितवनले मनायो क्होला सोँ प्रे ट्हो

गण्डकीमा तमू भाषालाई कामकाजको भाषा लागू गरेको खुशीयालीमा दीप प्रज्वलन गर्दै प्ये ल्हु संघ चितवनले मनायो क्होला सोँ प्रे ट्हो

इच्छाकामना न्युज

२, श्रावण २०८२
गण्डकीमा तमू भाषालाई कामकाजको भाषा लागू गरेको खुशीयालीमा दीप प्रज्वलन गर्दै प्ये ल्हु संघ चितवनले मनायो क्होला सोँ प्रे ट्हो

नारायणघाट । तमू प्ये ल्हु संघ चितवनले तमू क्होला सोँ प्रे ट्हो (पितृ थलो स्थापना दिवस) मनाएको छ। क्होला सोँथर तमू जातिको राज्य सञ्चालन गरेको मुख्य स्थल भएको हुँदा सोही आधारमा क्होला सोँ प्रे ट्हो अर्थात् स्थापना दिवस मनाइएको हो। क्होलालाई गुरूङहरुको पितृ थलो भएको हुँदा नयाँ पुस्तामा जानकारी दिलाउनको लागि पनि यो दिवस मनाउनु अपरिहार्य रहेको तमू प्ये ल्हु संघले जनाएको छ।

images

‘क्होला सोँथर गुरूङ जातिको लागि असाध्यै महत्त्वपूर्ण स्थान हो, ऐतिहासिक स्थान हो,’ तमू प्ये ल्हु संघका केन्द्रीय सल्लाहकार एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष जगतबहादुर टु क्ल्हेप्री तमूले भने, ‘गुरूङहरु कहिलेदेखि क्होलामा बस्न थालियो भन्ने त एकीन छैन। तर, त्यतिबेला तीनथरी गुरूङहरुले क्होलामा बसाइ थालेको र राज्य चलाएको विभिन्न लेखहरुबाट पुष्टि हुन आउँछ । त्यसैले पितृ थलोको रुपमा मान्न थालियो।’

गुरूङहरुले क्होलाबाटै राज्य व्यवस्था सुरु गरेको हुँदा क्होलालाई गुरूङ जातिको उद्गमस्थलसमेत मानिँदै आएको तमू प्ये ल्हु संघ चितवनका संस्थापक कोषध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक भीमबहादुर गुरूङले बताए। अर्को कुरा गण्डकी प्रदेशले असार अन्तिम साता प्रदेशभर गुरूङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने विधेयक पारित गरेको भन्दै खुसीयाली मनाएको छ।

TPLS-3-scaled-e1752763167404.webp

तमूवान राज्य हुनुपर्छ भनेर आवाज उठाएदेखि नै भाषाको कुरा आइरहेको बताउँदै प्ये ल्हु संघका केन्द्रीय सल्लाहकार जगतबहादुर टु क्ल्हेप्री तमूले भने, ‘बल्ल आएर त्यो आवाजले सार्थकता प्राप्त गरेको छ।’ तर, विधेयक पारित भए पनि त्यसलाई कार्यान्वयनमा लैजानको लागि सबैको साथ, सहयोग र दबाब आवश्यक रहेको उनले बताए।

भाषाको विषयमा पहिलोपटक गुरूङहरुले एकसाथ खुसी मनाउन पाएका तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरूङले बताए। भाषालाई कामकाजको भाषा बनाउनु खुसीको कुरा भए पनि सम्बन्धित समुदायले आफ्नै भाषा जोगाउन नसके सरकारले गरेको प्रयासबाट मात्रै भाषा संरक्षण सम्भव नहुने उनले तर्क गरे । ‘भाषापछि लिपि खोज्नु पर्छ। अभ्यास गर्नुपर्छ,’ उनले भने, ‘किनभने हाम्रो भाषा जोगाउने पहिलो व्यक्ति वा समुदाय भनेको हामी नै हौँ।’

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङले गुरूङ जातिको विगत र वर्तमानबारे जानकारी दिलाउनको लागि पनि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। तसर्थ यसपटक प्ये ल्हु संघले पितृ सोँ प्रे ट्हो मनाउने क्रममा गण्डकी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको उनको भनाइ छ। सोही क्रममा तमू प्ये ल्हु संघको टोलीले दीप प्रज्वलन गरेर खुसीयाली साटेका थिए।

images
प्रकाशित मिति :श्रावण २, २०८२ शुक्रवार - ०८:२९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology