Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अब २ घण्टामै मुग्लिन-पोखरा सरर...

अब २ घण्टामै मुग्लिन-पोखरा सरर...

images

इच्छाकामना न्युज

३, श्रावण २०८२
अब २ घण्टामै मुग्लिन-पोखरा सरर...
images

तनहुँ । मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ । 'मेजर कामहरु सबै सकियो। छिटफुट कामहरु जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरु बाँकी छन् । टाफिक संकेतहरु राख्न बाँकी छ,' उनले भने । 

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण भइरहेको छ । यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ  । यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो । एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०८२ शनिवार - ०९:५२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology