Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा १ दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने

लमजुङमा १ दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने

images

इच्छाकामना न्युज

३, श्रावण २०८२
लमजुङमा १ दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने
images

लमजुङ । लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको खाली जग्गा उपयोग गरी १ दशमलव ६ मेगावाटको सोलार ऊर्जा उत्पादन गरिने भएको छ ।

मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका ड्यामको पूर्वपट्टी बेंसीसहर नगरपालिका-११, चितीस्थित बरबोट शेराको उक्त जग्गामा जमिन प्रयोग गरी पिक क्षमताको ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण गरिन लागेको हो ।

जर्मन सरकारको आर्थिक अनुदान सहयोगमा जर्मन विकास बैंक (केएफडब्ल्यू) को माध्यमबाट कार्यान्वयनमा ल्याइएको ‘ग्राउन्ड माउन्टेड ग्रिड कनेक्टेड सोलार पीभी प्रोजेक्ट’को शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, जर्मन दूतावास काठमाडौंका विकास सहयोग प्रमुख डा. बेन्जामिन साइडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, बंगलादेश तथा नेपालका लागि केएफडब्ल्यू कार्यालयका निर्देशक माइकल सुमसरलगायतले सिलान्यास गरे । उक्त अवसरमा नेपालस्थित केएफडब्ल्यूका कार्यालय प्रमुख निरज सुवेदी, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

जर्मन सरकारको आर्थिक अनुदानमा लुम्बिनी प्रदेशको नवलपरासी गण्डक सुरजपुरामा ५ दशमलव ८ मेगावाट र कर्णाली प्रदेशको सुर्खेत झुप्रामा २ मेगावाटको सौर्य ऊर्जा आयोजना सुरु भएको छ । कुलेखानीको मार्खुमा उर्जा सौर्य उर्जा उत्पादनका लागि अध्ययन भइरहेको छ । ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य उर्जा परियोजनाका लागि जर्मन सरकारले ८ मिलियन युरो बराबरको अनुदान उपलब्ध गराएको छ ।

यस परियोजनालाई जर्मन परामर्शदाता संस्था गोपा टेक जर्मनीको प्राविधिक सहयोग रहनेछ । निर्माणको जिम्मा भारतीय कम्पनी प्रोजेल ग्रीन इनर्जी लिमिटेडले लिएको छ । निर्माण कम्पनीले परियोजनाको सम्पूर्ण डिजाइन, उपकरण आपूर्ति, जडान, गुणस्तर तथा सम्बन्धित प्रसारण लाइनहरुको निर्माण गर्नेछ । साथै सौर्य केन्द्रको ५ वर्षको सञ्चालन तथा मर्मतसम्भार र २ वर्षको जिम्मेवारी अवधि निर्माण कम्पनीले नै लिनेछ ।

images
प्रकाशित मिति :श्रावण ३, २०८२ शनिवार - १०:०२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology