Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

images

इच्छाकामना न्युज

४, श्रावण २०८२
छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते
images

तनहुँ, साउन ४ गते ।  पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

 पोखराबाट काठमाडौँ जाँदै गरेको  बा४ख ८४१३ नं को माइक्रो बस [हाईस] चालकले नियन्त्रण गुमाई  दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रनाउ थापा अनुसार कास्की जिल्लाको पोखरा महानगरपालका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा घाइते हुनु भएको छ ।

त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते हुनुहुन्छ । घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएकाे छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - ०९:२६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology