Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ऐना पहरामा बृहत् लोकदोहोरी कार्यक्रम सम्पन्न, ३,५०० पर्यटकहरूको सहभागिता

ऐना पहरामा बृहत् लोकदोहोरी कार्यक्रम सम्पन्न, ३,५०० पर्यटकहरूको सहभागिता

images

इच्छाकामना न्युज

४, श्रावण २०८२
ऐना पहरामा बृहत् लोकदोहोरी कार्यक्रम सम्पन्न, ३,५०० पर्यटकहरूको सहभागिता
images
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ र ४ मा अवस्थित ऐना पहरामा बृहत् लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ। ऐना पहरा क्याफे एन्ड रेस्टुरेन्टको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त चर्चित कलाकारहरूको विशेष प्रस्तुति सहित स्थानिय कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गरे।
कार्यक्रममा चर्चित कलाकार बद्रि पंगेनी, अस्मिता डल्लाकोटी लगायत एक दर्जन बढी स्थानिय कलाकारहरूले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए। स्थानिय कलाकारहरूमा कमल सापकोटा, चन्द परियार, कहरसिह थापा, मन्जु गुरुङ, अनु सुनार, सन्तोष थपलिया, दीर्घ खनाल लगायतका कलाकारहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिले सहभागि दर्शकलाई निकै मनोरञ्जन प्रदान गर्‍यो र ऐना पहराको वातावरण गुञ्जयमान बन्यो।
उक्त लोकदोहोरी कार्यक्रम पछी ऐना पहरा क्याफे एन्ड रेस्टुरेन्टका संचालक सन्तोष थापाले जानकारी दिनुहुँदै भने, "आज शनिबार मात्र झन्डै ३,५०० पर्यटक र दर्शकहरू ऐना पहरामा घुम्न आएका थिए।"
गाउँपालिकाले ऐना पहरालाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकसीत गर्न र यस क्षेत्रको पर्यटनलाई प्रवर्धन गर्न यस्ता सांगीतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यसअघि पनि इन्द्रेणी टीमका कृष्ण कँडेल लगायतका कलाकारहरूको कार्यक्रम सम्पन्न भइसकेको छ।
गाउँपालिकाले पर्यटकीय क्षेत्र ऐना पहराको प्रवर्धनका लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।

images
प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - ०९:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology