Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँमा एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

तनहुँमा एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

images

इच्छाकामना न्युज

८, श्रावण २०८२
तनहुँमा एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार
images

दमौली (तनहुँ) । जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । 

केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि रु. १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु. सात लाख ४८ हजार खर्च भएको छ । 

 यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उहाँले तीन पोखरी र चार सिँचाइ ट्याङ्की निर्माण गरिएको बताउनुभयो ।

यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रु. १५ लाख बजेट विनियोजन गरिएकामा रु. १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ । 

यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेष्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ । 

फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी रु. ३० लाख बजेटमध्ये रु. १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिनुभयो । 

यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन फ्रुट एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन् ।

सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ । यसका लागि रु. ६० लाख बजेट रहेकामा रु. ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ । रासस

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०६:२८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology