दमौली, साउन ९ । जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नं १ झापुटारबाट तीन दिनअघि २६ वर्षका कमलेस चन्द हराएका छन्। उनी साउन ७ गते रातिदेखि सम्पर्क विहीन भएका हुन्। हराएको विषयमा आफन्तहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए।
प्रहरीले खोजी कार्य तीव्र बनाउँदै झापुटारसहितका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक आशिक बिकका अनुसार, ती मध्ये तीन जनालाई तत्काल नियन्त्रणमा लिइएको छ भने दुई जना फरार रहेको जानकारी प्राप्त भएको छ। फरार व्यक्तिहरूलाई जिल्ला बाहिरबाट पनि पक्राउ गरी ल्याउने प्रयास भइरहेको छ।
प्रहरीले थप अनुसन्धान जारी राखेको र घटनाबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिने जनाएको छ।