Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

‘गोरखा डान्स च्यापियन’ संचालन गरेर ठगी गरेको आरोपमा ४ जना पक्राउ

‘गोरखा डान्स च्यापियन’ संचालन गरेर ठगी गरेको आरोपमा ४ जना पक्राउ

images

इच्छाकामना न्युज

९, श्रावण २०८२
‘गोरखा डान्स च्यापियन’ संचालन गरेर ठगी गरेको आरोपमा ४ जना पक्राउ
images

काठमाडौँ । ‘गोरखा डान्स च्याम्पियन-२०८२’ संचालन गरेर बालबालिकालाई भोटिङ कार्ड बिक्री गर्न लगाउने तथा अभिभावकमार्फत पनि रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका–७ का २० वर्षीय आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ का २० वर्षीय शरदा क्षेत्री र १९ वर्षीया तनिशा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार आरुघाट गाउँपालिका–९ आरुघाट बजारमा उनीहरुले एपी नाचघर तिलोत्तमा मणिग्राम रुपन्देहीद्वारा आयोजना गरेको भन्ने पारेर ‘गोरखा डान्स च्याम्पियन-२०८२’ संचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए । ‘डान्स च्याम्पियनमा विभिन्न ठाउँका बालबालिकाहरुलाई नाचमा सहभागी बनाई छनौट गरिरहेको र सहभागीहरुलाई फाइनल जित्नका लागि प्रतिगोटा एक सय रुपैयाँ पर्ने भोटिङ कार्ड (गोरखा डान्स ग्रान्ड फिनाले च्याम्पेन लेखिएको) लिइ जसले भोटिङ कार्ड कटाउन सक्छ उ नै विजेता हुने, विजेता विभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउने, विभिन्न पुरस्कारहरुसमेत जित्ने भनि झुटो प्रलोभन देखाइएको रहेछ,’ उनले भने ।

प्रलोभनमा पारी विश्वास दिलाएर नाचमा सहभागी बालबालिकाहरुको अभिभावकमार्फत पनि रकम असुली गरेको भन्ने पीडितहरुबाट आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट नगद ८९ हजार सात सय ६० रुपैयाँ, पुरै काटेको टिकटको अर्धकट्टी प्याड ७ थान, केही प्रति काटेको टिकटको प्याड १४ थान, नकाटेको टिकटको प्याड १३ थानसमेत फेला पारिएको उनले बताए ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत गोरखामा ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । प्रतियोगिताबाट ठगिएका अन्यलाई पनि प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २३:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology