Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बुवाकाे मृत्युपछि छाेरीहरुले घाटसम्म काँध हाले , दागबत्ती दिए अनि काजकिरियामा बसे

बुवाकाे मृत्युपछि छाेरीहरुले घाटसम्म काँध हाले , दागबत्ती दिए अनि काजकिरियामा बसे

images

इच्छाकामना न्युज

१५, श्रावण २०८२
बुवाकाे मृत्युपछि छाेरीहरुले घाटसम्म काँध हाले , दागबत्ती दिए अनि काजकिरियामा बसे
images
डिपि अधिकारी / श्रावण १५ बन्दिपुर , तनहुँ । तनहुँकाे बन्दिपुर ५ याम्पाढाब निवासी भिमबहादुर क्षैत्रीलाई २९ वर्षकै उमेरमा राेगले गाल्न थाल्याे , उनी उपचारका लागि धेरै अस्पताल धाए तर राेग पत्ता लागेन पाेखराकाे एक अस्पतालले त १५ दिन भित्र मृत्युु हुन सक्ने भन्दै भर्ना गर्न मानेन र उनीलाई आफन्तले सल्लाह दिए एक पटक भरतपुर क्यान्सर अस्पतालमा जँचाउन , उनले त्यसै गरे ब्लड आखिर ब्लड क्यान्सर राेगले गालिसकेकाे थाहा पाए, उनी छाँगाबाट खसे जस्तै भए , परिवार कसरी पाल्ने ? ७ वर्ष र ३ वर्षकी दुई छाेरीकाे लालनपालन र शिक्षादिक्षा कसरी गराउने भन्ने चिन्ताले पिरल्याे तर हिम्मत भने हारेनन् ।
उनकाे परिवार पृथ्वी राजमार्गको ढाबमा एक सामान्य हाेटल ब्यवशाय गरि बसेकाे थियाे । छाेरीहरुकाे लालनपालन , शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने बाध्यता उनी माथि आईपरेपछि हाेटल सँगसँगै बाख्रा पालन ब्यवशायमा हात हाले, याे अवस्थामा श्रीमती ममताकाे साथले हाेष्टेमा हैंसे गर्न थप मद्दत मिल्याे । छाेरीहरु साना, राेगकाे लागिऔषधि भारतबाट मगाउनु पर्ने त्यहिँमाथि महँगाे । छाेरीहरु जेठी निशा र कान्छी अनिशा पढाईमा निकै जेहेन्दार र उत्कृष्ट थिए , समाजका आँखाका नानी थिए । त्यसैकाे फलस्वरूप उनीहरु हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।
ब्लड क्यान्सर जस्ताे राेगसँग १८ वर्ष सम्म जुध्दै बुधबार राती ४७ वर्षकाे उमेरमा उनी सधैंका लागि अस्ताए । मृयू अघि विरामीले गालेपछि अस्पतालमा भर्ना भएका बुवाकाे उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छाेरीहरु आए तर उनकाे अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन । स्थानीयका अनुसार "भिमबहादुरकाे जीवन भाेगाईले केही पाठ सिकाउँछ , एक जस्तोसुकै राेगलागे पनि राेगलाई जित्न आत्मबल चाहिन्छ , अर्काे जुनसुकै परिस्थितिमा पनि धैर्यता , हिम्मत र परिश्रम गर्नुपर्छ अनि छाेरी र छाेरामा भिन्नता गर्नु हुन्न भन्ने नै हाे ।"
समाजमा छाेराले मात्रे बुवाआमाकाे काजकिरिया गर्छन
भन्ने भ्रम चिर्दै बुवाकाे मृत्युुपछि छाेरीहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बाेकेर पुर्याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १८:४२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology