Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

images

इच्छाकामना न्युज

१५, श्रावण २०८२
गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु
images

गोरखा, साउन १५ गते । गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका–१० बिरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको उपचारको क्रममा बिहीबार बिहान १ बजे राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बुधबार बेलुका ४ बजेको समयमा पृथूवी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरनी सडक खण्डको गोरखा नगरपालिका–१०, बिरेन्चोकमा गोरखा सदरमुकामतर्फ आउँदै गरेको लु. ६१ प. ४६८५ नम्बरको मोटरसाइकलले सडक छेउमा हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । 

मोटरसाइकलले ठक्कर दिएपछि आफन्त र स्थानियले तत्काल चितवनको मनकामना अस्पताल पठाइएकोमा उपचारको क्रममा चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

उक्त मोटरसाइकल चालक नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका–१ का २९ वर्षीय साजन जिसीलाई दुर्घटना भएको ठाउँबाट प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १८:५४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology