Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’को प्रिमियर शो

मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’को प्रिमियर शो

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’को प्रिमियर शो

चितवन, १७ फागुन । चितवनबाट निर्माण गरिएको मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’को चितवनमा प्रिमियर शो भएको छ । सोमबार सिजी मलको सिनेफ्लेक्समा प्रिमियर शो गरिएको हो । गतवर्ष नै निर्माण सम्पन्न भएर बसेको चलचित्र कोरोना भाइरस सक्रमण जोखिमका कारण प्रदर्शन रोकिएको थियो । निर्माण भएको एक वर्षपछि बल्ल प्रदर्शन गरिएको चलचित्रका निर्माण व्यवस्थापन ईश्वर रानामगरले जानकारी दिए ।

images

पहिलो शो नै सोचेभन्दा राम्रो भएको उनले बताए । दर्शकको तर्फबाट पनि सकारात्मक प्रतिकृया पाएकोले चलचित्र क्षेत्रमै काम गर्न थप हौसला मिलेको उनले बताए । चलचित्रमा मुख्य भूमिका निभाएका उनको कलाकारिता क्षेत्रमा पहिलो अनुभव हो । तर पहिलो पटक गरेको कामलाई दर्शकले मन पराइदिएको उनको भनाइ छ । चितवनबाट मगर समुदायमा आधारित रहेर निर्माण भएको यो पहिलो चलचित्र हो । चलचित्रमा सुरेश रानामगर (एलेक्स)को कथालाई रमेश रानामगरले लेखन निर्देशन गरेका हुन् ।

घना गुरूङको छायांकन तथा सम्पादन रहेको चलचित्र मिह्रीमा रमेश रानामगर, ईश्वर रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, स्रष्टी थापामगर, आशिक रानामगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन थापामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । तनहुँ, चितवन र कास्कीमा छायांकन भएको चलचित्रको आगामी दिनमा चितवन जिल्लाभित्र रहेका मगर गुठीहरुमार्फत प्रदर्शन गरिने चलचित्रका लेखक, निर्देहक तथा कलाकार रमेश रानामगरले जानकारी दिए ।

चितवन जिल्लाभित्र कम्तिमा पनि ३५ वटा स्थानमा प्रदर्शन हुने उनको दाबी छ । चितवन बाहिरका जिल्लाहरुमा समेत मगर समुदायको बस्तीमा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए । यस चलचित्र देवेन्द्र रानामगर,अमृता थापा मगर,थापा राना,तुलमान गुरुङ,प्रेम कुमारी आलेले निर्माण गरेका हुन ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - २३:०१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology