Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देवघाटका प्रमुख प्रशासकीय अधिकृत बस्नेत ४ महिनामै सरुवा

देवघाटका प्रमुख प्रशासकीय अधिकृत बस्नेत ४ महिनामै सरुवा

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
देवघाटका प्रमुख प्रशासकीय अधिकृत बस्नेत ४ महिनामै सरुवा
images

देवघाट । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सीएओ) जगतबहादुर बस्नेतलाई ४ महिनामै सरुवा गरी रुपन्देहीको रोहिणी गाउँपालिकामा पठाइएको छ। यस्तै, बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई निर्वाचन आयोगमा स्थानान्तरण गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २८ पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको ठूलो फेरबदल गरेको छ। मन्त्रालयले एकै पटक ८ नगरपालिका र २० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गरेको छ भने २२ जनाको जिम्मेवारी पनि खोसिएको छ।

देवघाटको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा कपिलबस्तुको मायादेवी गाउँपालिकाबाट कालिका तिमिल्सेना लम्साल नियुक्त हुने भएका छन्। बन्दीपुरमा भने केही दिनभित्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सरुवाका क्रममा ३४ उपसचिव र ८५ शाखा अधिकृतहरूको समेत स्थानान्तरण गरिएको छ। मन्त्रीपरिषद्को सिफारिसमा गरिएको प्रशासनिक समायोजनले स्थानीय तहमा महत्त्वपूर्ण पुनर्संरचना ल्याउने अपेक्षा गरिएको छ।

यसअघि यादव आचार्य १५ महिनादेखि बन्दीपुरमा कार्यरत थिए भने, स्थानान्तरण भएका कर्मचारीहरूलाई विभिन्न जिल्लाका समन्वय समितिहरू र मन्त्रालयका निकायमा खटाइएको छ।

सरकारको यो कदमले स्थानीय प्रशासनमा पारदर्शिता, दुरुपयोग नियन्त्रण र दक्षता बढाउने लक्ष्य राखेको मन्त्रालयको भनाइ छ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १६:२३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology