Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

महिला नेतृत्वले सम्हालेको चितवनको माडी नगरपालिका

महिला नेतृत्वले सम्हालेको चितवनको माडी नगरपालिका

पत्रपत्रिका

१८, श्रावण २०८२
महिला नेतृत्वले सम्हालेको चितवनको माडी नगरपालिका

शालिग्राम नेपाल, चितवन। चितवनको माडी नगरपालिकामा प्रमुख कार्यकारी पददेखि साना पदसम्म महिला नेतृत्वले सञ्चालन गर्दै आएको छ ।

images

पालिकाको प्रमुख महिला रहनु भएको छ भने विभिन्न विभागदेखि वडा अध्यक्षसम्म महिला नेतृत्वले धाने पालिका बनेको छ माडी नगरपालिका । महिलाको नेतृत्वमा प्रशासन सञ्चालन सफल हुन्छ र भन्ने नेपाली समाजमा माडी नगरपालिकाले राम्रो काम गरेर जवाफ दिएको छ ।

माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले भन्नुभयो, “हाम्रो समाजले अझैपनि महिलाको नेतृत्वलाई राम्रोसँग स्वीकारेको अवस्था छैन । यस्तो समयमा पनि महिला नेतृत्वले स्थानीय सरकार कुशलतापूर्व सञ्चालन गरेर देखाएको पालिका माडी हो ।”

उहाँले भन्नुभयो, “मैले उपप्रमुख भएर काम गरे । अहिले प्रमुख भएर काम गरिराखेको छु । काम गर्ने इच्छा शक्ति भएमा लैङ्गिक अवस्थाले रोक्दैन ।” जिल्लाको सात पालिका मध्य दुई वटामा महिलाको नेतृत्व छ । ती पालिकाले राम्रो काम गरेर देखाएको छ । भरतपुर महानगरपालिकाको नेतृत्व महिलाको छ । माडी नगरपालिका म आफैँ महिलाको नेतृत्व छ । हामीले पालिकाले उदाहरणीय काम गरेर देखाउदै आएका छौँ ।

उहाँका अनुसार रोजगार संयोजकमा प्रमुख महिला, उद्यम विकास शाखा प्रमुख, सामी कार्यक्रम प्रमुख, मनोसामाजिक परामर्शकर्ता प्रमुख, सामाजिका विकास शाखा प्रमुख सवैमा महिलाको नेतृत्व रहेको छ । सवैको काम उत्कृष्ट रहेको पालिका प्रमुख महतोले बताउनुभयो । 

पालिकाको प्रमुख मात्र होइन नौ वटा वडा रहेको यस पालिकामा आठ वटा वडामा महिला सचिवले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँहरुको कामबाट आफू अत्यन्तै सन्तुष्ट भएको प्रमुख महतोले बताउनुभयो । लैङ्गिक कारणले केही फरक पर्दैन उहाँहरुमा काम गर्ने दक्षता क्षमता रहेको छ त्यही क्षमता प्रस्तत गरेर काम गर्नु भएको छ हामीलाई कुनै समस्या छैन महतोले भन्नुभयो ।

नौ वटा वडा रहेको माडी नगरपालिकामा एउटा वडा मात्र महिलाले अध्यक्षमा नेतृत्व सम्हाल्नु भएको छ । वडा नंं ७ को अध्यक्ष चन्द्रकुमारी बानियाँले भन्नुभयो, “महिला भएकै कारण काम गर्न समस्या भएको छैन । कहिलेकाही विहान वेलुका राति कुनै घटना भएको वेला पुरुष सरह छिटो जानलाई भने समस्या पर्ने गरेको छ । अन्य अवस्थामा काम गर्नको लागि कुनै व्यवधान भएको छैन ।”

अन्य पालिकाका वडा अध्यक्ष पुरुष हुनुुहन्छ उहाँहरुले गर्ने काम र मैले गर्ने काम एउटै हो जनप्रतिनिधि भएपछि जनताको काम गर्ने हो वडाको विकास, निर्माण जनताको प्रत्यक्ष सरोकारका काम सम्पन्न गर्दै आएका छौ वडा अध्यक्ष वानियाँले भन्नुभयो ।

विवाद समाधान, योजना तर्जुमा, आपतकालिन अवस्था, निकुञ्जको जनवारको जोखिमता, रिउ खोलाको कटान लगायतका काममा जनताको घरघरमा पुगेर काम गरेको छु । जनतालाई पुरुष र महिलाको नेतृत्वमा हुने कुनै फरक पर्ने नदेखिएको उहाँको भनाइ छ ।

वडा नं. ४ का वडा सचिव सुशिला दाहालले भन्नुभयो, “वडाका काम लिएर आउने सेवाग्राहीले सचिव ज्यु कता जानु भएको छ भनी मलाई नै सोध्ने गरेका छन् । सचिव म नै हो भन्दा सर हुनुहुन्न र भन्नु हुन्छ । सचिव भनेको पुरुष हुनु पर्छ भन्ने मान्यता अझै कायम रहेको पाएको छु ।” म मात्र होइन पालिकाको वडा नं. १ बाहेक अन्य सवै वडामा महिला सचिव हुनुहुन्छ उहाले भन्नुभयो । हामी कार्यालयको काम गरिसकेपछि साथीभाई भनेर लामो समय बाहिर बस्दैनौ काम भए अवेला सम्म बस्छौ काम नभए घर जान्छौ फरक यती हुने गर्दछ । पुरुष हुनु भयो भने साथीभाइ भनेर कार्यालय समय बाहेकको समयमा बसेर समय बिताउनु हुन्छ हामीमा त्यो बानी हुँदैन  दहालले भन्नुभयो ।

भरतपुर वडा नं. ६ स्थायी घर भएको उहाँले भन्नुभयो, ‘‘आफ्नै साधनमा भरतपुरबाट माडी जाँदा निकुञ्जको पोष्टमा चालक र साधन नम्बर लेखाउदा पुरुष चाकल खोज्नु हुन्छ ।’’ तर आफैँ गाडी चालक हो भन्दा सुरक्षार्थ सेनाले पत्याउनु हुन्छ दाहालले भन्नुभयो । काम गर्दै जादा पुरुषले गर्ने काम महिलाले गरेको भन्दा सुरुमा पत्याउन गाह्रो हुने अवस्था भने अहिले पनि नभएको उहाले बताउनुभयो ।  गाेर्खापत्रबाट

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - ११:०३:१६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology