Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा उत्कृष्ट सामुदायिक वन पुरस्कृत

गोरखामा उत्कृष्ट सामुदायिक वन पुरस्कृत

images

इच्छाकामना न्युज

१८, श्रावण २०८२
गोरखामा उत्कृष्ट सामुदायिक वन पुरस्कृत
images

गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य गरेका चार सामुदायिक वनलाई सम्मान गरिएको हो ।

कार्य मूल्यांकनको आधारमा पालुङटार नगरपालिका–९ को कुसुण्डे इमडाँडा सामुदायिक वन उपभोक्ता समूह पहिलो बनेको छ । उक्त समूहलाई प्रमाणपत्रसहित नगद आठ हजारले सम्मान गरिएको हो ।

त्यस्तै भिमसेन थापा गाउँपालिका–४ को कालिका सामुदायिक वन उपभोक्ता समूह दोस्रो बनेको छ । अजिरकोट गाउँपालिका-१ को कामधेनु सामुदायिक वन उपभोक्ता समूह तेस्रो तथा गोरखा नगरपालिका–२ को शिखर गागटे सामुदायिक वन उपभोक्ता समूह सान्त्वना बनेको छ । दोस्रो, तेस्रो र सान्त्वना बन्ने वन समूहलाई क्रमश: ५ हजार, २ हजार र ३ हजार नगदसहित सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - २२:५५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology