Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय युवा संघ कप : राप्तीलाई हराउँदै कालिका फाइनलमा प्रवेश

राष्ट्रिय युवा संघ कप : राप्तीलाई हराउँदै कालिका फाइनलमा प्रवेश

इच्छाकामना न्युज

२१, श्रावण २०८२
राष्ट्रिय युवा संघ कप : राप्तीलाई हराउँदै कालिका फाइनलमा प्रवेश

भरतपुर । राष्ट्रिय युवा संघ कालिका नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा राप्ती नगर कमिटीलाई हराउँदै कालिका उपाधि नजिक पुगेको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा कालिका २-० ले विजयी भयो । कालिकाको जितमा विजय श्रेष्ठ र अजय तामाङले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विजयको गोलमा कालिकाले अग्रता लियो ।

दोस्रो हाफमा कालिकाले अर्को गोल थप्यो । खेलको अतिरिक्त समयमा कालिकाले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै अजयले गोल गरेपछि कालिका २-० ले विजयी भयो । खेलको अतिरिक्त समयमा दुबै टिम १० खेलाडीमा सीमित भयो । कालिका विजय श्रेष्ठ र राप्तीका विशाल लामाले रातो कार्ड पाए । कालिकाका दिनेश तामाङ प्लेयर अफ दि म्याच भए ।

कालिकाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बुधबार आयोजक भरतपुर महानगर कमिटी र माडी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

images

images
प्रकाशित मिति :श्रावण २१, २०८२ बुधवार - ०८:३१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology