Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

८ कक्षा पढ्ने बालिका ९ कक्षाका २ किशोरबाट बलात्कृत, भोलिपल्ट ओढारमा भेटिइन् पीडित

८ कक्षा पढ्ने बालिका ९ कक्षाका २ किशोरबाट बलात्कृत, भोलिपल्ट ओढारमा भेटिइन् पीडित

इच्छाकामना न्युज

२३, श्रावण २०८२
८ कक्षा पढ्ने बालिका ९ कक्षाका २ किशोरबाट बलात्कृत, भोलिपल्ट ओढारमा भेटिइन् पीडित

खोटाङ । कक्षा ८ मा पढ्ने बालिका कक्षा ९ मा पढ्ने दुई छात्रबाटै बलात्कृत भएको खुलेको छ। साउन १९ गते १४ वर्षीया बालिका माथिल्लो कक्षामा पढ्ने केटा साथीहरूबाटै सामूहिक बलात्कृत भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

images

विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई सोही विद्यालयमा कक्षा ९ मा पढ्ने दुई छात्रले बलात्कार गरेको आरोप छ। बालिका विद्यालयबाट घर फर्कने बाटोको बीचमा जंगल पर्छ। सोही जंगलमा आइपुगेकी बालिकालाई ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै दुई किशोरहरूले जंगलमा बाटो छेकेर ओढारमा लगी बलात्कार गरेका थिए। बलात्कारपछि बेहोस भएकी ती बालिकालाई जंगलमा नै छोडेर किशोरहरू भागेका थिए। परिवारले खोजी गर्दा बालिका बिहान मात्र ओढारमा फेला परेकी थिइन्।

‘साढे चार बजे विद्यालयबाट घर फर्कँदै थिएँ। एकजना केटाले तिमीसँग कुरा गर्नुछ भन्यो। मसँगै पढ्ने साथीहरू अघिअघि नै घर गइसकेका थिए,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘केही बेरमा अर्को केटा पनि आयो। बाटो छेकेर एकछिन हामीसँग बस् भने। उनीहरूले अर्को एक जना भाइलाई चटपटे ल्याउन भनेका रहेछन्। चटपटे खायौँ। खाइसकेपछि नजिकैको ओढारमा लगे। मलाई बोल्न दिएनन्। त्यसपछि पालैपालो बलात्कार गरे। त्यसपछि के–के भयो थाहा छैन। बिहान होस खुल्दा एक्लै थिएँ।’

बालिका बलात्कारमा परेको भन्दै आफन्तले साउन २० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन्।

‘साउन १९ गते विद्यालय गएकी बहिनी घर फर्किनन्। बेलुकैबाट खोजी सुरु गरिएको भएपनि साउन २० गते बिहान ओढारभित्र एक्लै बहिनीलाई फेला पार्‍यौँ। बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना केटाले बलात्कार गरेको बताएकी छन्। नाबालक बहिनीमाथि बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ,’ पीडितका दाजुले भनेका छन्।

साउन २० गते पीडितको स्वास्थ्य परीक्षण गराइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षणमा बालिका बलात्कृत भएको प्रतिवेदन आएको छ। पीडितको बालिकाको अवस्था अहिले सामान्य छ,’ उनले भने। आरोपित दुई जना अहिले फरार छन्। उनीहरूलाई पक्राउ गर्न साउन २१ गते जिल्ला अदालत खोटाङले अनुमति दिएको छ।

साउन २२ गते बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। विद्यालय पोशाकमै बालिका बलात्कृत भएकाले उनले लगाएको पोशाकसमेत जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ०८:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology