Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा

इच्छाकामना न्युज

२३, श्रावण २०८२
नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा

पोखरा । श्री लक्ष्मीनारायण मन्दिर, पोखरा महानगरपालिका वडा नं.३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको छ ।

images

यस अवसरमा श्रीकृष्ण जन्माष्टमीको पावन पृष्ठभूमिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण २४ गतेदेखि ३१ गतेसम्म श्रीमद्भागवत महापुराणको भक्ति रसामृतमय कथा वाचन गरिने भएको छ । कथा वाचन भारतवर्षका विशिष्ट संतहरू श्रीमद् रामचरितमानस एवं विनय पत्रिकाका किंकर संगीताचार्य पण्डित डा. महेशदत्त शर्मा गुरुजी र श्री श्री १००८ श्रीवैष्णव महन्त श्री हरिशंकर दास वेदान्तीजी महाराजको श्रीमुखबाट हुनेछ ।

सप्ताहभर सञ्चालन हुने यस दिव्य आध्यात्मिक आयोजनामा बिहान ध्यान साधना, व्रत अनुष्ठान र बेलुका भजन–कीर्तन, सत्संग तथा गुरुदर्शन मार्फत सहभागीहरूले आत्मिक शान्ति, आध्यात्मिक उन्नति र गुरुकृपाको अनुपम लाभ प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

मन्दिर परिवारले सम्पूर्ण श्रद्धालुज्यूहरूलाई स–परिवार उपस्थित भई यस पावन अवसरको लाभ उठाउन  कलियुगको दुर्लभ सन्त समगम तथा कृष्णरसामृतमा डुबुल्की लगाएर जीव र जगतको बारेमा बुझ्न सादर आमन्त्रण गरेको छ।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - २२:५५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology