Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पहिरोले सुपर न्यादी जलविद्युत्‌ आयोजनाका १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

पहिरोले सुपर न्यादी जलविद्युत्‌ आयोजनाका १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

images

इच्छाकामना न्युज

२४, श्रावण २०८२
पहिरोले सुपर न्यादी जलविद्युत्‌ आयोजनाका १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते
images

लमजुङ ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर शनिबार एकजनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । 

पहिरोले लाग्दा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत अन्दाजी ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । बेंसीसहर नगरपालिका-८, मा अस्थायी रुपमा बस्दै आएका उनको स्थायी बासस्थानको पहिचान हुन बाँकी रहेको प्रहरी र आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण कम्पनीमध्ये जी एण्ड जी इन्फ्रा प्रालिका तर्फबाट मेकानिकल काम गर्दै आएका गुरुङसहितका कामदारहरु शनिबार दिउँसो क्याम्पमा खान खाने बेला एक्कासी भीरबाट पहिरो झरेको थियो । पहिरोले लागेपछि गुरुङको घटनास्थलमै मृत्यु भएको आयोजना स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले शनिबार दिउँसो ३ बजेतिर घटनाबारे जानकारी पाएको र बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी खटाएको बताए । प्रहरीसहित कामदारहरुले ४ जनाको उद्धार गरेकोमा गुरुङ मृत अवस्थामा भेटिएका थिए । पहिरो लाग्दा गुरुङको मृत्यु भएको र घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको उनले बताए ।

दोर्दी गाउँपालिका-५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका-७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक गाउँपालिका-६ बस्ने २५ वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइतेहरुको टाउको, हातखुट्टा, ज्यानमा चोट लागेको छ । उनीहरुलाई बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

क्याम्पमा ४० जनाको हाराहारीमा कामदारहरु बस्दै आएको र पहिरो खस्न थालेपछि भाग्ने क्रममा ४ जनालाई पहिरोले लागेको र अन्य ३६ जना सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - २१:५७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology