Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कास्कीमा साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

कास्कीमा साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

images

इच्छाकामना न्युज

२४, श्रावण २०८२
कास्कीमा साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ
images

 कास्की, साउन २४ गते। जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ। 

बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिनुभयो। 

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९  का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष ) पक्राउ परेका छन्। 

प्रहरीले गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू काेलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - २२:०४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology