Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बहुप्रतिक्षित नेपाली चलचित्र ‘रिमै’को शीर्षगीत सार्वजनिक, चलचित्र भदौ २० देखि प्रदर्शनमा आउने

बहुप्रतिक्षित नेपाली चलचित्र ‘रिमै’को शीर्षगीत सार्वजनिक, चलचित्र भदौ २० देखि प्रदर्शनमा आउने

इच्छाकामना न्युज

२८, श्रावण २०८२
बहुप्रतिक्षित नेपाली चलचित्र ‘रिमै’को शीर्षगीत सार्वजनिक, चलचित्र भदौ २० देखि प्रदर्शनमा आउने

चितवन । गुरुङ समुदायको कथा समेटिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको छ । बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । चलचित्र  ‘रिमै’को शीर्ष गीतमा नायिका रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापा लगायतका कलाकारको अभिनय समावेश छ।

images

WhatsApp-Image-2025-08-13-at-9.55.51-PM-scaled.webp

गीत सार्वजनिक कार्यक्रममा निर्देशक खिलबहादुर गुरूङ, कार्यकारी निर्माता वीरबल घले (विरूप), नायिका रिश्मा गुरूङ, गायक तथा सङ्गीतकार आँशु लामा, सहनिर्माता विनु गुरूङ, सम्पादक मित्र डी गुरूङलगायतको टोली सहभागी थियो। रोटेपिङ इन्टरटेनमेन्ट सँगको सहकार्यमा गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र भदौ २० गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।

WhatsApp-Image-2025-08-13-at-9.55.31-PM-scaled.webp

चलचित्रको शीर्षगीत सार्वजनिक समारोहमा बोल्दै निर्देशक खिलबहादुर गुरूङले राजधानीमा मात्र सीमित रहने प्रचारप्रसारलाई यसपटक मोफसलबाट सुरु गरिएको बताए ।  ‘चितवन नेपाली चलचित्रको प्रमुख बजार हो, त्यसैले यहाँबाटै प्रचार अभियान शुरू गरेका छौं,’ उनले बताए। गीतमा आँशु लामा र रिता केसीको स्वर, दीपक शर्माको शब्द र सङ्गीत रहेको छ, जसमा गुरूङ संस्कृतिको स्पष्ट चित्रण गरिएको छ।

WhatsApp-Image-2025-08-13-at-9.53.27-PM-2-scaled.webp

यस्तै चलचित्रका कार्यकारी निर्माता वीरबल घलेले चलचित्रको कथा, निर्देशन र प्रस्तुति निकै बलियो भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गरे। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको कथामा आधारित यस चलचित्रमा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङलगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ।

टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानीमा तयार भएको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ सहनिर्माता हुन्।

WhatsApp-Image-2025-08-13-at-9.53.27-PM-3-scaled.webp

कार्यक्रममा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मान गरेको थियो। हल भरिभराउ दर्शकको मागअनुसार गीत दुईपटक प्रदर्शन गरिएको र त्यही दिन युट्युब च्यानल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

images
प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - २२:१७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology