Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

images

इच्छाकामना न्युज

२९, श्रावण २०८२
तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै
images
दमौली । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा एक वर्षमा ५९ हजार ७१ सर्वसाधारणले सेवा लिएका छन् ।
 
गत आर्थिक वर्षमा चिकित्सालयबाट २१ हजार १८३ महिला र ३७ हजार ८८८ पुरुषले आयुर्वेद सेवा लिएका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिए । गत आव २०८०/८१ मा २० हजार र आव २०७९/८० मा १९ हजार २१७ जनालाई सेवा प्रदान गरिएको थियो ।
 
कार्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म स्नेहन, श्वेदन, बस्ती कर्म, नस्य, जलनेती र शिरोधारा सेवा प्रदान गर्दै आएको छ । पछिल्ला केही वर्षयता जिल्लामा आयुर्वेद चिकित्साबाट गरिने उपचार पद्धतिमा सर्वसाधारणको विश्वास बढ्दै गएको चापागाइँले उल्लेख गए । उनका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी गर्ने उपकरण पनि सञ्चालनमा आएको छ ।
 
गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी उपकरण खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड तथा हड्डीसम्बन्धी समस्या भएका बिरामी आउने क्रम बढेको उनले बताए । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आर्युर्वेदमा बढ्दै गएको छ”, उनले भने।
 
कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरलगायत रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको कविराज निरीक्षक चापागाइँले जानकारी दिए । उनका अनुसार बिरामीको आवश्यकता र रोग अनुसारको दैनिक योग पनि सञ्चालन हुँदै आएको छ । आर्युर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको चापागाइँको भनाइ छ ।
 
गत एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी)तर्फ १५ हजार ९३२, ज्येष्ठ नागरिक सेवातर्फ चार हजार २२८, योगसेवातर्फ १४ हजार ११९, पूर्वकर्म, पञ्चकर्म सेवातर्फ १६ हजार ३७६, स्तनपायी आमा तथा शिशु सेवातर्फ १८८, क्षारसुत्र सेवातर्फ ३३, प्रयोगशाला सेवातर्फ दुई हजार ३४०, फिजियो थेरापीतर्फ पाँच हजार ६२१ र बाँकीले शिरोधारातर्फको सेवा लिएका उनले जानकारी दिए ।
 
चिकित्सालयले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तह, सरोकार भएका निकायलगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक पचार प्रणालीको प्रवर्द्धन गरिरहेको चापागाइँले उल्लेख गरे। उनका अनुसार कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक सहलेखापाल र दुई कार्यालय सहयोगी कार्यरत छन् ।
 
“बिरामीको नाम दर्ताका लागि रु १० शुल्क निर्धारण गरिएको छ । बिरामी परीक्षण, औषधि वितरण, प्राथमिक उपचार सेवा निःशुल्क छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाका लागि रु १५० निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण, स्तनपायी आमाका लागि दुग्धवर्द्धक औषधि वितरण, योग सेवा निःशुल्क गरिएको छ”, चापागाइँले भने । उनका अनुसार क्षारसुत्र सेवाका लागि शल्य चिकित्सा सेवातर्फ रु पाँच हजार निर्धारण गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - ०९:२६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology