Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उत्तरी गोरखामा हेपाटाइटिस बी बिरुद्धको खोप सुरु

उत्तरी गोरखामा हेपाटाइटिस बी बिरुद्धको खोप सुरु

images

इच्छाकामना न्युज

२९, श्रावण २०८२
उत्तरी गोरखामा हेपाटाइटिस बी बिरुद्धको खोप सुरु
images

गोरखा, ३० श्रावण । तिब्बतको सीमानामा अवस्थित चुमनुब्री गाउँपालिकाको बिहीमा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । गाउँपालिकासंग समन्वय गरी किमोलुङ फाउण्डेशन नेपालले चुमनुब्री ५ को राना खोपकेन्द्रमा शिविर सञ्चालन गरेको हो ।

वडा नं. ४ र ५ का विभिन्न खोपकेन्द्रहरुमा १० दिनसम्म सञ्चालन हुने शिविरको बुधबार प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका खोप शाखा प्रमुख नानीबाबु दानी र संस्थाका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बुधबार पहिलो दिन ५८ जनामा स्कृनिङ गरिएको लामाले जानकारी दिए । ३१ जना महिला र २७ जना पुरुषले सेवा लिएका हुन् । जसमध्य तीनजना (दुई महिला र एक पुरुष)मा हेपाटाइटिस बिको संक्रमण पुष्टि भएको छ ।

बिहीको राना खोप केन्द्रमा संचालित शिविरको पहिलो दिन ४४ जनालाई हेपाटाइटिस बि बिरुद्धको खोप लगाइएको छ । खोप नलगाएका १६ वर्ष मुनिका ११ जनाको परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको शिविरको आयोजक संस्था किमोलुङ फाउन्डेसन नेपालका संस्थापक वाङचुक राप्तेनले बताए ।

चुमनुब्री गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष काल्देन छेवाङ लामाको अध्यक्षता एवं प्रदेश जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्शन नानिबाबु दानिको प्रमुख आतिथ्यतामा बुधबार शिविरको औपचारिक रुपमा उद्धघाटन गरिएको थियो ।
बिहीबार बिही स्वास्थ्यचौकीमा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै साउन ३० गते क्य्राक गाउँमा, भदौ १ गते सेराङगुम्बामा र ३ गते पुनः बिही गाउँमा छुटेकाहरुलाई खोप लगाइने कार्यक्रम तय भएको छ ।

भदौ ४ गते वडा नं. ४ को छाक–क्वाकको स्वास्थ्य संस्था, ५ गते गाप नुब्री आधारभूत विद्यालाय, ६ र ७ गते प्रोक स्वास्थ्य संस्था, ८ गते नामरुङ ९ लार्केबजार स्वास्थ्या चौकी र ९ गते गप वडा कार्यालयमा हुने जनाएको छ । शिविरमा आउने सबैको स्कृनिङ गर्ने भएता पनि हेपाटाइटिस ‘बी’ बिरुद्धको खोप भने १६ वर्ष उमेर माथिका सबैलाई लगाइने बताए । हेपाटाइटिस ‘बी’ बिरुद्धको खोप तीन डोज लगाउनु पर्ने हुन्छ । पहिलो खोप र दोस्रो खोप एक महिना पछि र अन्तिम खोप ६ महिना पछि लगाउनु पर्ने संस्थाका अध्यक्ष लामाले जानकारी दिए ।

हिमाली तथा उच्च पहाडी भेगका मनिसमा हेपाटाइटिस ‘बी’ को संक्रमण बढि मात्रमा देखिन थालेकाले शिविर गरिएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको अध्यक्ष लामाले बताए । त्यसको न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए । शिविर बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:०४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology