Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको डुम्रेमा दुर्घटना : घाइतेको संख्या २१ पुग्यो

तनहुँको डुम्रेमा दुर्घटना : घाइतेको संख्या २१ पुग्यो

images

इच्छाकामना न्युज

२९, श्रावण २०८२
तनहुँको डुम्रेमा दुर्घटना : घाइतेको संख्या २१ पुग्यो
images

बन्दीपुर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । 

 

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 

दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं को विद्युतीय माइक्रोका चालक नामथर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास–१० बस्ने २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ की ३४ वर्षीया गीता थापा कुँवर, निजको छोरी  १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल नपा–६ बस्ने २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने २७ वर्षीय  सोमबहादुर परियार र चितवन भरतपुर मनपा–११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । 

यस्तै, कास्की पोखरा मनपा बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने ३३ वर्षीय क्षितिज शेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ वर्षीया सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने ३० वर्षीया सजिना पुन, चितवन भरतपुर मनपा २३ वर्षीया रचना भण्डारी, कास्कीको पोखरा मनपा–२९ बस्ने ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने ३५ वर्षीय सचीन दुवा, महोतरी चुन्म गापा–१ बस्ने २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटार गापा–१ बस्ने ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार गापा–१ बस्ने ११ वर्षीय समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने ३० वर्षीया साननानी गुरुङ र लमजुङ कोलाहसोथर गापा–५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । 



घाइतेको पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।  

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:०७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology