Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

तनहुँका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

images

इच्छाकामना न्युज

३०, श्रावण २०८२
तनहुँका भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै
images

तनहुँ, साउन ३० गते । तनहुँमा १४० जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने भएको छ । नापी कार्य सम्पन्न भएका मध्ये भूमिहीन दलित र सुकुम्वासीलाई प्राथमिकता दिएर पहिलो चरणमा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको भूमि समस्या समाधान आयोग तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिमा ६४, आँबुखैरेनी गाउँपालिकामा ४६, शुक्लागण्डकी नगरपालिकामा २५ र व्यास नगरपालिकामा ५ गरी १४०  जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको जग्गा प्रमाणिकरणका लागि जिल्ला मालपोत कार्यालय तनहुँमा पठाइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिनुभयो ।  कार्कीले भन्नुभयो, ‘‘नापी पूरा भई फाइलहरू अध्ययन र छानबिनको काम अन्तिम चरणमा पुगेकाले लालपूर्जा वितरणको तयारी गरेका छौं ।’’

कार्कीका अनुसार देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा नापी कार्य सम्पन्न भइसकेको, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, भानु नगरपालिका शुक्लागण्डकी नगरपालिकालगायतका पालिकामा नापजाँच भइरहेको छ । नापी सम्पन्न भएको वडाहरुको लालपूर्जा वितरणको आन्तिम तयारीका लागि जिल्ला मालपोत कार्यालयमा प्रमाणिकरण गर्न पठाइएको छ  ।

जिल्लाका दशैं पालिकामा गरी भूमिहीन दलित एक हजार ९७, भूमिहीन सुकुम्वासी एक हजार ६४९, अव्यवस्थित बसोवासी २३ हजार ८२२ गरी जम्मा २६ हजार ५६८ जना सूचिकृत भई नापजाँचको काम भइरहेको आयोगका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहले जानकारी दिनुभयो । सदस्य सचिव सिंहले जिल्लामा आयोगले २० जना कर्मचारी खटाएकोमा चार जना कर्मचारी हाल नरहेकोले काम गर्न समस्या परेकाले काममा ढिलाई हुन पुगेको सिंहले बताउनुभयो । स्थानीय तहबाट अपेक्षाकृत सहयोग नपाउँदा काम गर्न कठिनाई भइरहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो । सिंहले भन्नुभयो, ‘‘काम गर्ने कर्मचारीलाई साधन र स्रोतको अभाव रहेकाले काम गर्न कठिनाई भएको छ ।’’

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नाप जाँचको काम छिटो सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘काम छिटो सम्पन्न गर्नका लागि भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित धेरै भएको ठाउँलाई प्राथमिकता दिएक काम गरेका छौं ।’’

images
प्रकाशित मिति :श्रावण ३०, २०८२ शुक्रवार - १०:४८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology