Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नमुना पशुपन्छी अस्पतालको भवन अलपत्र पारेर ठेकेदार बेपत्ता

नमुना पशुपन्छी अस्पतालको भवन अलपत्र पारेर ठेकेदार बेपत्ता

images

इच्छाकामना न्युज

३१, श्रावण २०८२
नमुना पशुपन्छी अस्पतालको भवन अलपत्र पारेर ठेकेदार बेपत्ता
images

तनहुँ, साउन ३१ गते । निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपन्छी अस्पताल’ को काममा विलम्ब भएको छ । काम पूरा नगरी ठेकेदार बेपत्ता भएकाले भवन निर्माण कार्य अलपत्र परेको केन्द्रले जनाएको छ ।

सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि  म्याद थप भए पनि ठेकदार गैरजिम्मेवार भएर काम अलपत्र छाडेको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, ‘‘पटक पटक तोकेता गरेर फोन गरेका छौं, तर ठेकेदार सम्पर्कमा आएका छैनन् । काम अलपत्र परेको छ ।’’ हाल ठेकेदारले निर्माणको काम नगरेकाले थपिएको समयमा काम सम्पन्न हुने सम्भावना नदेखिएको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार भवन निर्माणको जिम्मा चितवनस्थित इको विल्डर्सले पाएको छ ।

भवनको ५५ प्रतिशत भुक्तानी र ७० प्रतिशत निर्माणको काम भएको छ ।  अधिकारीले भन्नुभयो ‘‘जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको भने पनि अटेर गरेकाले ठेक्का तोड्नु पर्ने अवस्था आउन लागेको छ ।’’ पोखरामा र दमौलीमा सँगै काम सुरु भए पनि पोखरामा निर्माण सम्पन्न र सञ्चालनमा आइसकेको भए पनि दमौलीमा ठेकेदारको लापरबाहीले गर्दा सञ्चालन गर्न नसक्दा गुणस्तरीय सेवा प्रदान गर्न कठिन भएको उहाँले बताउनुभयो । 

गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाखको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकारको छ । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड लाग्ने अनुमान छ ।

दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुने छन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत पुसमा काम सम्पन्न हुनुपर्नेमा नभएपछि असार मसान्त सम्म थप भएकोमा थपिएको समयमा पनि काम नभएपछि कात्तिक ३० गते सम्मका लागि म्याद थप भएको हो । केन्द्रका प्रमुख अधिकारीले भन्नुभयो, ‘‘डेढ वर्ष अघि नै निर्माण पुरा हुनुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीले तीन वर्ष सम्म पनि अधुरै रहेको छ ।’’ 

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - ०९:११:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology