Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्लाहीमा शिक्षकको हत्या गरी भाग्ने क्रममा क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जना पक्राउ

सर्लाहीमा शिक्षकको हत्या गरी भाग्ने क्रममा क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जना पक्राउ

इच्छाकामना न्युज

३१, श्रावण २०८२
सर्लाहीमा शिक्षकको हत्या गरी भाग्ने क्रममा क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जना पक्राउ
images

काठमाडौं । सर्लाहीमा एक शिक्षकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार शिक्षक रामपुकार यादवको हत्या भएको हो । राति साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले यादवको घरअगाडि गोली प्रहार गरी फरार भएका थिए ।

images
images

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । गोली प्रहार गर्ने एक जना सन्दिग्ध प्रहरीले पक्राउ गरेको छ, तर उनको नाम सार्वजनिक गरिएको छैन । 

भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् र उनलाई लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - १०:११:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology