Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा बालयौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

गोरखामा बालयौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

images

इच्छाकामना न्युज

२, भाद्र २०८२
गोरखामा बालयौन दुर्व्यवहारको आरोपमा एक पक्राउ
images

गोरखा, भदौ २ गते । गोरखामा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-७ स्थायी घर भएका ३७ वर्षीया लक्ष्मण आचार्य भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्ष्मण आचार्यको आफ्नै घरमा डेरा भाडामा बसेकी नाम परिवर्तित १५ वर्षीया नाबालिका ध कुमारीलाई साउन ३१ गते १ बजेको समयमा बालिकालाई यौन आशयले शरीरका संवेदनशील अङ्गमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने लगायतको कार्य गरी बालयौन दुर्व्यवहार गरेको आरोप युवक आचार्यलाई लागेको थियो ।

बालयौन दुर्व्यवहारका आरोपमा पीडितका आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा आचार्यलाई साउन ३१ गते राति जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

आरोपी युवा आचार्यविरुद्ध आइतबार बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - १५:३३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology