Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने

आँबुखैरेनीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने

images

इच्छाकामना न्युज

२, भाद्र २०८२
आँबुखैरेनीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको महत्वपूर्ण धार्मिक स्थल छिम्केश्वरी बुढी देवी मन्दिरलाई बृहत्तर तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

महायज्ञको आयोजना २०८२ असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी हाटबजार सथलमा गर्न लागिएको गाउँ पालिका अध्यक्ष शुक्र चुमानले बताए । धार्मिक अनुष्ठानमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद्भागवत कथा वाचन हुने मुल समारोह समिति संयोजक कृष्णमानम तमाङले बताए ।

महायज्ञमा भक्तजनहरूले धार्मिक प्रवचन, भजन-कीर्तन, विधिविधान तथा प्रसाद ग्रहणमार्फत आध्यात्मिक लाभ लिन सक्नेछन्। महायज्ञको मूल उद्देश्य छिम्केश्वरी र बुढी देवी मन्दिरलाई व्यवस्थित र आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्न रहेको गाउँ पालिका अध्यक्ष चुमानले बताए ।

आयोजक श्री छिम्केश्वरी बुढी देवी मन्दिर क्षेत्र विकास समिति र आँबुखैरेनी गाउँपालिकाले सम्पूर्ण भक्तजनहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - २३:५१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology