Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

३, भाद्र २०८२
जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु
images

नवलपुर, भदौ २ गते । जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु-१, पतवारीका ५२ वर्षीय पुरूष रहेका छन् ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । सङ्क्रमणबाट अन्य ३ जना बिरामी भएको र ती मध्ये कावासोती-१ निवासी ४४ वर्षीया महिला र वडा न ६ का ५१ वर्षका पुरुष उपचारपछि निको भएको सुवेदीले जानकारी दिनुभयो ।

जनस्वास्थ अधिकृत सुवेदीका अनुसार कावासोती-३ निवासी ८२ वर्षीया जापनिज इन्सेफलाटिसबाट बिरामी महिलाको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिएपछि प्रभावित क्षेत्रका ज्वरो बिरामीहरूबाट आइतबार र सोमबार गरी १३ वटा रगत स्याम्पल कलेक्सन गरी परीक्षणका लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरा पठाइएको सुवेदीले बताउनुभयो ।

विशेष गरि झरी वर्षासँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाइटिसको सङ्क्रमण फैलने सुवेदीको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ००:०७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology