Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बन्दीपुरमा व्यावसायिक सीपमूलक तालिमका लागि माग संकलन

बन्दीपुरमा व्यावसायिक सीपमूलक तालिमका लागि माग संकलन

images

इच्छाकामना न्युज

६, भाद्र २०८२
बन्दीपुरमा व्यावसायिक सीपमूलक तालिमका लागि माग संकलन
images

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्न इच्छुक व्यक्तिहरूबाट माग संकलन सुरु गरेको छ।

गाउँपालिकाले विभिन्न शाखाहरूको आवश्यकता, श्रम बजारको माग, रोजगारीमा पदस्थापन र स्वरोजगार सिर्जना हुने खालका तालिम छनोट गरी फारम भर्न आग्रह गरेको हो।

इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र फारम बुझाउनुपर्नेछ। फारम भर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, हालसालै खिचिएको एक प्रति फोटो सहित बन्दीपुर गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने बन्दीपुर गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - ११:०२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology