Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

डुम्रे-बेँसीशहर सडक खण्डमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

डुम्रे-बेँसीशहर सडक खण्डमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

images

इच्छाकामना न्युज

६, भाद्र २०८२
डुम्रे-बेँसीशहर सडक खण्डमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते
images

भानु, ६ भाद्र । तनहुँको भानु नगरपालिका–२ पाउतुरे खोलाको पुलस्थित डुम्रे-बेँसीशहर सडक खण्डमा एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

तुरतुरेबाट डुम्रे तर्फ जाँदै गरेको लु ३८ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार चालक र पछाडि सवार दुबै जना घाइते भएका छन्।

घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ र उनीहरूको उपचारका लागि पोखरामा पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ भने स्थानीय प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - १९:२३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology