Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बागमती प्रदेश सरकार : साउनको बजेट खर्च जम्मा ०.०६ प्रतिशत

बागमती प्रदेश सरकार : साउनको बजेट खर्च जम्मा ०.०६ प्रतिशत

इच्छाकामना न्युज

८, भाद्र २०८२
बागमती प्रदेश सरकार : साउनको बजेट खर्च जम्मा ०.०६ प्रतिशत

हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को एक महिनामा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निकालेको साउनसम्मको खर्च विवरणअनुसार यो यो रकम कुल बजेटको ०.०६ प्रतिशत हो ।

images

मन्त्रालयको विवरणअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले एक महिनामा पुँजीगततर्फ खर्च गर्न सकेको देखिँदैन भने चालुतर्फको अनिवार्य दायित्वको केही हिस्सा व्यहोरेको देखिएको छ ।

साउनमा प्रदेश सरकारले चालुतर्फ कुल विनियोजित बजेट २६ अर्ब ४ करोड ४६ लाखमध्ये ३ करोड १५ लाख ३४ हजार (०.१२ प्रतिशत) खर्च गरेको छ भने पुँजीगततर्फ विनियोजित ४१ अर्ब ४३ करोड २६ लाखमध्ये ७२ लाख रुपैयाँ (०.०२ प्रतिशत) खर्च गरेको हो । प्रदेश सरकारअन्तर्गत १४ वटा मन्त्रालय, आयोग तथा कार्यालयहरू छन् । यी संरचनामध्ये सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले खर्च गरेको छ । आयोगले कुल विनियोजित बजेटको ७.१० प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश सभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले विनियोजित बजेट खर्च गरेको छैन भने प्रदेश नीति तथा योजना आयोगको पनि साउनको वित्तीय प्रगति शून्य छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल विनियोजित बजेटको ०.२८ प्रतिशत (१५ लाख ६२ हजार रुपैयाँ) खर्च गरेको छ । कार्यालयका लागि चालु आर्थिक वर्षमा ५३ करोड ८० लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले २१ करोड ९५ लाख ६१ हजार रुपैयाँ बजेटमध्ये साउनमा २० लाख ४९ हजार रुपैयाँ (०.९३ प्रतिशत) खर्च गरेको छ । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले ७७ करोड ९६ लाख ६२ हजार बजेटमा वित्तीय प्रगति शून्य छ । यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब ६३ करोड ४२ लाखमध्ये ०.०३ प्रतिशत मात्र खर्च गरेको छ ।

खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयले ७ अर्ब २८ करोड २१ लाख बजेटमा ०.०१ प्रतिशत रकम खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्रालयले ६२ करोड ११ लाख ९६ हजार रुपैयाँको बजेटमा ०.२८ प्रतिशत, संस्कृति तथा पर्यटन मन्त्रालयले ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँमा खर्च शून्य छ । साउनसम्म अधिकांश मन्त्रालयहरूको विकास बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समयमै योजनाको छनोट, टेन्डर प्रक्रिया तथा ठेक्का सम्झौता नगरी ढिलासुस्ती बढ्ने देखिन्छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयको ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २५ करोड ७८ लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयको १ अर्ब १६ करोड ८० लाख रुपैयाँ बजेटमध्ये कुनै पनि शीर्षकमा खर्च भएको देखिँदैन । ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बजेट रहेको स्वास्थ्य मन्त्रालयले ०.०५ प्रतिशत बजेट खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयको कुल विनियोजन ४ अर्ब ३५ करोड ९७ लाखमध्ये ०.२९ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल विनियोजित २४ अर्ब ८० करोड १९ लाखमध्ये चालुतर्फ ०.४४ र पुँजीगततर्फ ०.०३ प्रतिशत गरी कुल ०.०४ प्रतिशत बजेट खर्च गरेको छ । यी उल्लिखित विवरणले प्रदेश सरकारको खर्च कार्यान्वयन निकै सुस्त भएको संकेत गर्छ । साउनसम्म अधिकांश मन्त्रालयहरूको विकास बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समयमै योजनाको छनोट, टेन्डर प्रक्रिया तथा ठेक्का सम्झौता नगरी ढिलासुस्ती बढ्ने देखिन्छ । मन्त्रालयहरुले कर्मचारीको तलब नै दिएनन् प्रदेश अर्थ मन्त्रालयको विवरणअनुसार पाँच वटा मन्त्रालयको चालुतर्फको खर्चसमेत शून्य छ । चालुतर्फ मन्त्रालयहरूका अनिवार्य दायित्वका शीर्षकहरू भने रहने गर्छन्, जसमा पहिलो र ठुलो रकम कर्मचारीको तलब र भत्ता समावेश गरिएको हुन्छ । प्रदेशको संस्कृति पर्यटन, वन तथा वातावरण, युवा तथा खेलकुद, उद्योग वाणिज्य भूमि तथा प्रशासन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चालु तर्फको खर्चसमेत गरेका छैनन् ।

उक्त मन्त्रालयले साउनमा कर्मचारीको तलब भत्तासमेत भुक्तान गरेनन् । त्यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश नीति तथा योजना आयोगका कर्मचारीका समेत समेत तलब भत्ता भुक्तान भएको देखिएको छैन । विवरणअनुसार साउनमा भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र पुँजीगत तर्फको बजेट खर्च गरेको देखिन्छ । अन्य १३ मन्त्रालय र निकायबाट पुँजीगतसमेत खर्च भएको देखिएन ।

images
प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - ०९:२१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology