Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलियो, रातो बत्ती पनि बालियो

कोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलियो, रातो बत्ती पनि बालियो

इच्छाकामना न्युज

१६, भाद्र २०८२
कोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलियो, रातो बत्ती पनि बालियो
images

कोशी । कोशी नदीमा पानीको सतह बढेपछि ३१ वटा ढोका खोलिएको छ।

images
images

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे जलसतह मापन गर्दा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ।

त्यसअघि आइतबार दिउँसो २ बजे पानीको प्रवाह एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड थियो । पानीको सतह बढ्न थालेपछि आइतबार दिउँसो २३ वटा ढोका खोलिएको थियो।

प्रवक्ता खतिवडाका अनुसार कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका हुन्। कोसी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - ०८:३४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology