Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राम्रोसँग बोल्न नसक्ने दम्पतीमाथि चरम अत्याचार, पतिलाई रुखमा बाँधेर सुत्केरीमाथि बलात्कार

राम्रोसँग बोल्न नसक्ने दम्पतीमाथि चरम अत्याचार, पतिलाई रुखमा बाँधेर सुत्केरीमाथि बलात्कार

इच्छाकामना न्युज

३०, भाद्र २०८२
राम्रोसँग बोल्न नसक्ने दम्पतीमाथि चरम अत्याचार, पतिलाई रुखमा बाँधेर सुत्केरीमाथि बलात्कार

मकवानपुर। मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार भएको छ । भदौ २६ गते राति पतिलाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी पत्नीमाथि बलात्कार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

images

राम्रोसँग बोल्न पनि नसक्ने दम्पतीमाथि चरम अत्याचार भएको हो । उनीहरुको आफ्नै घर पनि छैन । बलात्कार भएको खबर भोलिपल्ट थाहा पाएपनि जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय अन्तरे थिङ रहेका छन् । प्रहरीका अनुसार अभियुक्तले रुखमा बाँधेर पत्नीमाथि बलात्कार गरेर उल्टै पतिलाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको पीडितले गुनासो गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

images
प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - १०:००:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology