Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

आँबुखैरेनीमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

images

इच्छाकामना न्युज

२५, आश्विन २०८२
आँबुखैरेनीमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
images
आँबुखैरेनी, असोज २५ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित खत्रीटोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
राति करिब ११:४५ बजे ग.२६ प.२२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २८ वर्षीय बिजय तामाङको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो। उनी रुपन्देही बुटवल खैरहनी स्थायी निवासी भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्कमा बस्दै आएका थिए।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन्। उनी गोरखा, शहिदलखन गाउँपालिका–९ स्थायी निवासी भई हाल आँबुखैरेनी–३ मा बस्दै आएका हुन्। उनको बायाँ आँखा माथि र शरीरका विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि चितवनको CMC अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २५, २०८२ शनिवार - ०९:१३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology