Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पहिरो र लेदोले अवरुद्ध बीपी राजमार्ग अझै खुलेन : म्याग्दीको बेनी–दरवाङ सडक पनि अवरुद्ध

पहिरो र लेदोले अवरुद्ध बीपी राजमार्ग अझै खुलेन : म्याग्दीको बेनी–दरवाङ सडक पनि अवरुद्ध

इच्छाकामना न्युज

१५, कार्तिक २०८२
पहिरो र लेदोले अवरुद्ध बीपी राजमार्ग अझै खुलेन : म्याग्दीको बेनी–दरवाङ सडक पनि अवरुद्ध

काठमाण्डौ । बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक अझै खुलेको छैन । पानी परेपछि हिजो बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँमा पहिरो खसेको थियो भने लेदो पनि बगेको थियो ।

images

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चौकीडाँडा, चारसयबेंसी, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, बिरुवाडाँडा, डालाबेशीलगायतको ठाउँमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह छ ।

यस्तै म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुुमाउने) मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका अस्ति बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको हो ।

यातायात ब्यवसायी यज्ञबहादुर थापाले सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम रहेको बताउनुभयो । बेनी–दरवाङ सडक स्तरोन्नतिको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले आज बिहानदेखि वर्षा रोकिएको र अब पहिरो पन्छाउन पहल गरिने जनाएको छ ।   

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १०:३८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology