Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा

दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा

बोमलाल गिरी, नवलपुर। लगातार चार दिनदेखिको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य भएको छ । जसका कारण हिलोमा गाडीहरु फस्ने क्रम बढेपछि यात्रा एकतर्फी र कठिन भएको नवलपुर प्रहरीले जनाएको छ  ।

images

शनिबार विनयी त्रिवेणी गाउँपालिका–२ घ्यु खोलाको हिलोमा ट्रक फसेर राति ९ बजेसम्म अवरुद्ध सडक आइतबार बिहानदेखि फेरि अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

आज फेरि विनयी त्रिवेणीकै त्रिसट्ठी मोड र ज्यामिरे चोकमा सडक अवरुद्ध भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रक बिग्रेको र सोही स्थान नजिकै दाङबाट नारायणघाटतर्फ जाँदै गरेको  म १ ख ७४४ नम्बरको ट्रक बिग्रेर सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७७६ नम्बरको बस र २ ज्यामिरे चेकपोष्ट नजिक काठमाडौँबाट बर्दिया जाँदै गरेको ना ७ ख ६६६४ नम्बरको खाली ट्रक तथा नवलपरासीबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०५३ नम्बरको खाली ट्रक बिग्रेका कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो ।

दाउन्ने सडक खण्डको हिलोमा पाँच वडा गाडी बिग्रेर फसेका कारण हाल यहाँ सवारी साधनको लामो जाम परेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक नेपालका अनुसार यहाँ झण्डै पाँच सय गाडी जाममा फसेका छन् । जाममा रहेका सवारी साधन हटाई बाटो खुलाउने पहल भइरहेको नेपालले बताउनुभयो ।

बाटो हिलो र जाम भएका कारण दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घण्टाभन्दा बढि समय लाग्ने गरेको यात्रुले बताएका छन् । हिजो दिनभर फसेको बा. प्र. ०३–००१ ख २१५८ नम्बरको माटो लोड गरेको ट्रक राति ९ बजे जेसीबीको मद्दतले निकालेर बाटो खुलाइएको थियो ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:०८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology