Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कुटपिटबाट स्याङ्जामा महिलाको ज्यान गयो, एक जना पक्राउ

कुटपिटबाट स्याङ्जामा महिलाको ज्यान गयो, एक जना पक्राउ

images

इच्छाकामना न्युज

२७, आश्विन २०७७
कुटपिटबाट स्याङ्जामा महिलाको ज्यान गयो, एक जना पक्राउ
images

स्याङ्जा, २७ असोज
स्याङ्जामा कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नं –३ कालीमाटीमा  मदिराले मात्तिएका ३५ वर्षीया मनकुमारी नेपाली र ४१ वर्षीय कृष्ण परियार  बीच भनाभन भइ झडपको स्थिती हुँदा परियारले मनकुमारी लाई कुटपिट गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा बालमन्दिर अगाडी नेपाली घाइते भइ अचेत अवस्थामा फेला परेकोमा तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 
महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले कृष्ण परियालाई पक्राउ गरेको छ ।
पक्राउ परेका परियारमाथी जिल्ला अदालत स्याङ्गजाबाट २५ दिनको म्याद थप गरी कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०९:२८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology