Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम संग्राहालय

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम संग्राहालय

images

इच्छाकामना न्युज

१७, मंसिर २०८२
धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम संग्राहालय
images

बागलुङ। बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालग्राम संग्राहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन्।

विशेष गरी मुस्ताङ घुम्नका लागि आएका पर्यटकहरु यहाँ आउने गरेका छन्। पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले संग्राहालयको अवलोकन गर्ने गरेका छन्।

शालग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ। सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको संग्राहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिए।

पछिल्लो चार महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले संग्राहालय अवलोकन गरेको उनको भनाइ छ। गत वर्ष झण्डै दुई लाख पर्यटक यहाँ आएको उनले बताए। संग्राहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो।

images
प्रकाशित मिति :मंसिर १७, २०८२ बुधवार - ११:११:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology