किटान छ महिला हक नेपालको संविधानमा
भेदभाव, हिंसा स्वीकार छैन समावेशी सिद्धान्तमा ।।
विशेष अवसर अधिकार सुनिश्चित छ महिलामा
दम्पत्तिको समान हक सम्पत्ति र परिवारमा ।।
न्याय, पहुंच, वातावरण, लैंगिक समानता पुरा गर्न
अत्यावश्यक प्रोत्साहन छोरा सरह छोरी सक्षम बन्न ।।
वर्तमानको आवश्यकता लैंगिक समानता
महिला, पुरुष समविकास नछुटाई निरन्तरता ।।
समान स्थान, जिम्मेवारी, समान अधिकार
सार्थक, सम्भव, पूर्ण बन्छ समान पाए अवसर ।।
विकास सम्भव तव हन्छ जब महिला समेटिन्छ
पुरुष सरह महिलाको निर्णायक सहभागिता रहन्छ ।।
मान्ने छैन महिला हिंसा धर्म,जाति, भाषा अनि रंगको आधारमा
कुरीतिको उपज संगै जोडिएको लैगिक असमानतामा ।।
त्यागौ सबै आजै देखि घरेलु र लैंगिक हिंसा
सकारात्मक उर्जा सहित त्यागी द्धेष र ईश्र्या ।।
एकता र सद्भाव जोड्ने एउटै मन्त्र समानता
जित जितको यात्रा संगै जिम्मेवारी र प्राथमिकता ।।
अन्त्य गरौ महिला हिंसा देशमा सद्भाव ल्याउनलाई
हिंसा रहित समाज अनि सबल, सक्षम पार्नलाई ।।