Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

त्रिशुली किनारमा भेटिएको बसको अवशेष उत्खनन भोलि पनि जारी रहने

त्रिशुली किनारमा भेटिएको बसको अवशेष उत्खनन भोलि पनि जारी रहने

images

इच्छाकामना न्युज

२७, पौष २०८२
त्रिशुली किनारमा भेटिएको बसको अवशेष उत्खनन भोलि पनि जारी रहने
images

मुग्लिन । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशुली नदी किनारमा फेला परेको बसको अवशेष भोलि पनि उत्खनन गरिने भएको छ । उक्त अवशेष डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा त्रिशुली नदीमा खसेको बसकै हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयवासीले आइतबार बिहान बालुवामा पुरिएको अवस्थामा बसको केही भाग देखिएको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक रूपमा घरेलु उपकरण प्रयोग गरी बालुवा हटाउँदा निलो रङको बसको अगाडिको केही भाग देखिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स बसकै अवशेष हुन सक्ने सम्भावना देखिएको छ । उत्खननका क्रममा पानी निस्कन थालेपछि थप कार्यका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिटारको टोलीसमेत परिचालन गरिएको थियो । यद्यपि, बसको अगाडिको सम्पूर्ण भाग निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल घटनास्थल पुग्नुभएको थियो । उहाँले सोमबारदेखि पुनः उत्खनन कार्य सुरु गर्न निर्देशन दिनुभएको छ ।

उल्लेखनीय छ, २०८१ असार २८ गते बिहान काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशुली नदीमा खसेर बेपत्ता भएका थिए ।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीन यात्रु भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

images
प्रकाशित मिति :पौष २७, २०८२ आइतवार - १९:५२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology