Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेती नदीको बगरमा भेटिएका तीनमध्ये दुई मृतकको पहिचान खुल्यो

सेती नदीको बगरमा भेटिएका तीनमध्ये दुई मृतकको पहिचान खुल्यो

images

इच्छाकामना न्युज

२९, पौष २०८२
सेती नदीको बगरमा भेटिएका तीनमध्ये दुई मृतकको पहिचान खुल्यो
images

तनहुँ, पुस २९ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय अवस्थामा मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको सूक्ष्म अनुसन्धानपछि एक पुरुष र एक महिलाको सनाखत भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार गत पुस २६ गते बिहान १० बजे मृत अवस्थामा भेटिएका व्यक्तिमध्ये पुस २७ गते पहिलो मृतकको पहिचान खुलेको थियो। उनी शुक्लागण्डकी नगरपालिका–११ निवासी ४१ वर्षीय नारायण विक रहेको पुष्टि भएको हो। पोस्टमार्टमपछि उनको शव आफन्तले बुझिसकेका छन्।

त्यस्तै, सोमबार (पुस २८ गते) साँझ अर्की एक मृतक महिलाको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ। भिमाद नगरपालिका–८, भागर निवासी ५८ वर्षीया देउमाया थापा मृतक महिला रहेको खुलेको सूचना अधिकारी विकले जानकारी दिनुभयो। उहाँका छोराले शवको सनाखत गरेपछि पोस्टमार्टम गरी परिवारलाई शव हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

नदी किनारमा एकै स्थानमा तीन जनाको शव फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन्। अझै एक जना पुरुषको पहिचान भने खुल्न सकेको छैन। बाँकी मृतकको सनाखतका लागि विभिन्न माध्यमबाट समन्वय र प्रयास भइरहेको प्रहरीको भनाइ छ।

घटनाको प्रकृति गम्भीर देखिएकाले मृत्युको कारण पत्ता लगाउन र घटनाको यथार्थ खुलाउन प्रहरीले विस्तृत अनुसन्धानलाई तीव्रता दिएको छ।

images
प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - ०९:२०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology