Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू साँस्कृतिक प्रतिष्ठानको २५ औं बाषिकोत्सवमा स्रष्टा सम्मान

तमू साँस्कृतिक प्रतिष्ठानको २५ औं बाषिकोत्सवमा स्रष्टा सम्मान

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८२
तमू साँस्कृतिक प्रतिष्ठानको २५ औं बाषिकोत्सवमा स्रष्टा सम्मान
images

पोखरा । तमु साँकृतिक प्रतिष्ठान नेपालले आफ्नो २५ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रतिष्ठानले बधबार पोखरामा एक कार्यक्रमको आयोजना गरि स्रष्टालाई सम्मान एवम् विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै भव्य रुपमा मनाएको हो ।

49d6295a-6e80-45d2-ae96-95108f541bfc.jpeg

वरिष्ठ समाजसेवी, तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा प्रतिष्ठानका अक्षयकोष दाता श्री कर्म तमुको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानको अध्यक्ष श्रीजङ तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा ५ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ‘पार्वता तमु स्मृति पुरस्कार’द्वारा समाजसेवी कृष्णबहादुर तमु ‘घनबहादुर तमु स्मृति सम्मान’द्वारा साहित्यकार तीर्थ तमु, ‘क्या. मिनबहादुर तमु स्मृति सम्मान’द्वारा नृत्य निर्देशक गमबहादुर परियार (गम्भीर बर्देवा), ‘लालशोभा उत्कृष्ट आमा अवार्ड’द्वारा स्याङ्जाका प्रतीक्षा तमु र ‘उच्च शिक्षा पुरस्कार’द्वारा पृथ्वी नारायण क्याम्पस, बगरमा स्नातक तहमा अध्ययनरत विद्यार्थी रितिका तमु सम्मानित भएका छन् । 

उनीहरुलाई सम्मानपत्र, नगद, फेटा÷क्रमु, माला तथा खादाले सम्मान गरेको थियो । कार्यक्रममा तमु धिं यु.के.द्वारा तेक्वान्दो खेलाडी रेखामाया तमु र टेनिस खेलाडी साल्दी तमुलाई नगद, प्रमाणपत्र, एवम् खादा माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तमुले सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानले शिक्षा क्षेत्रमा यति उत्कृष्ट कार्य गरिरहेको कुरालाई समुदायले महत्त्वपूर्ण रुपमा बुझिदिएर गरिब जेहेन्दार विद्यार्थीहरुले राम्रो शिक्षा हासिल गर्न प्रेरणा प्रदान गर्न अझ धेरै जनाले थप अक्षयकोष स्थापना गरिदिन पनि आह्वान गर्नुभएको थियो । 

49fefca8-26a2-4404-963a-6c3e036fd030.jpeg

यस्तै रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा संस्थापक कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष खेमबहादुर तमु, उपाध्यक्ष तेजबहादुर तमु, उपाध्यक्ष झम तमु, उपाध्यक्ष दुर्गाबहादुर तमु, उपाध्यक्ष चित्रबहादुर तमु, सदस्य सचिब हेमचन्द्र तमु, सचिब भेषबहादुर तमु, कोषाध्यक्ष सविता तमु,  सदस्यहरु डमरबहादुर तमु, श्रीप्रसाद तमु र गणेश तमु तथा वर्तमान सल्लाहकार संयोजक एवम् पूर्व अध्यक्ष चिजकाजी तमुलाई समेत सम्मान गरिएको थियो । यसका साथै प्रवासमा बसेर पनि सन्चार क्षेत्रमा निरन्तर योगदान पुर्याइरहनु भएका गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई सम्मानपत्र, फेटा, माला र खादाले सम्मान गरिएको थियो । 

संस्थापक अध्यक्ष, सल्लाहकार एवम् राष्ट्रिय ओलम्पिक एकेडमीका अध्यक्ष तेजबहादुर तमु, सम्मानित स्रष्टा तीर्थ तमु, प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु, संस्थाका द्वितीय उपाध्यक्ष ओमबहादुर तमु, सह–सचिब लोकबहादुर तमु लगायतले मन्तव्य राखेको यो कार्यक्रममा संस्थाको बर्षभरिको गतिविधि र विद्यार्थीहरुको लेख, रचना समेटिएको बुलेटिन पनि प्रकाशित गरेको छ । कार्यक्रममा गत बर्षको बुलेटिनमा संस्थाबाट छात्रवृत्ति प्राप्त सूर्योदय मा.वि., घाम्राङ, लमजुङका विद्यार्थी रेनुकाद्वारा लिखित लेख ‘पीडा र प्राप्ती’ अध्ययन गरेर मन छोएको हुनाले ‘तमु (गुरुङ) समाज कतार’का पूर्व अध्यक्ष, हाल साउदीमा कार्यरत खुशीमान तमुले प्रोत्साहन स्वरुप नगद २ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।

098351cd-1c6a-4d31-ab47-d4ed203bf4d4.jpeg

यसैगरी पर्वत जिल्ला, राम्जाका जीवन तमुद्वारा स्थापित अक्षयकोष रकम १ लाख २५ हजार रुपैयाँ उहाँकि आमा तीर्थकुमारी तमुले हस्तान्तरण गरेका थिए भने संस्थापक सदस्य श्रीप्रसाद तमुले पनि संस्थालाई ५१ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको यस कार्यक्रममा सम्मानित व्यक्तित्व तीर्थ तमु र कृष्णबहादुर तमु द्वयले सम्मान रकम ५ हजार १० रुपैयाँ थपेर प्रतिष्ठानलाई आर्थिक सहयोग गरे । 

रजत जयन्तीको अवसरमा गत कात्तिक २९ मा महानगर स्तरीय निबन्ध लेखन प्रतियोगिता र पुस ४ गते पुनर्मिलन कार्यक्रम समेत सम्पन्न गरि सकेको संस्थाले बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्रष्टा सम्मान कार्यक्रममा हिमाली साँस्कृतिक परिवार, चिउलीपार्चे तमु समाज, पोचोको तमु समाज, ताङतिङ दूधपोखरी तमु समाजका कलाकारहरु एवम् तमु प्रतिष्ठानका विद्यार्थीहरुको सुन्दर नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रौनक बनाएको थियो । 

abcecb2e-8e1c-40e1-b433-14d9a0947501.jpeg

उक्त कार्यक्रम प्रतिष्ठानका सचिव कन्चन तमुले सन्चालन गरेको थियो भने संस्थाको रजत जयन्तीको अवसरमा अझै केही कार्यक्रमहरु बाकी रहेको प्रतिष्ठानका अध्यक्ष श्रीजंग तमूले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - २१:३७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology