Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराउँदै प्रहरी

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराउँदै प्रहरी

इच्छाकामना न्युज

१५, चैत्र २०८२
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराउँदै प्रहरी

काठमाडौँ । देशको राजनीतिक वृत्त एकाएक तातिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि त्यसको प्रतिध्वनि अझै फैलिइरहेको छ । दुवै नेतालाई आइतबार अदालतमा उपस्थित गराइने तयारी प्रहरीले अघि बढाएको छ ।

images

शनिबार सार्वजनिक बिदा परेकाले पक्राउलगत्तै अदालत लैजान नसकिएको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ र आइतबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा पेश गरिनेछ ।

कानुनी रूपमा प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भए पनि त्यसका लागि अदालतको अनुमति अनिवार्य हुन्छ । यही अनुमति लिन आज दुवै जनालाई अदालत लगिँदै छ ।

पक्राउपछि ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ भने लेखकलाई महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ ।

यो घटनाको जरो भने गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पुग्छ । सो आन्दोलनका क्रममा भएको मानवीय क्षतिबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गम्भीर निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।

आयोगले आन्दोलनका क्रममा भएको मृत्यु लापरबाही र कमजोर व्यवस्थापनको परिणाम भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उही सिफारिस कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिवार भक्तपुरबाट दुवै नेतालाई नियन्त्रणमा लिएको हो । अहिलेको यो कदमले देशको राजनीतिक वातावरण थप तात्ने संकेत देखिएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - ०६:५९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology