Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँका सांसद किसान श्रेष्ठले आफुले पाएको दशैं भत्ता मिर्गौलापीडितलाई दिए

तनहुँका सांसद किसान श्रेष्ठले आफुले पाएको दशैं भत्ता मिर्गौलापीडितलाई दिए

इच्छाकामना न्युज

३, कार्तिक २०७७
तनहुँका सांसद किसान श्रेष्ठले आफुले पाएको दशैं भत्ता मिर्गौलापीडितलाई दिए

तनहुँ, ३ कार्तिक । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दसैँभत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दसैँ खर्चबापतको रु ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६/१६ हजार सहयोग गरिनेछ । देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दसैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए । सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे । “अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो”, उनले भने ।

images

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - २०:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology